PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सुदूरपश्चिमका पहाडी ७ जिल्लालाई तराई जोड्ने राजमार्ग अझै खुलेनन्, हिउँमा अलपत्र सयौँ यात्रु



पहिलोपोस्ट

सुदूरपश्चिमका पहाडी ७ जिल्लालाई तराई जोड्ने राजमार्ग अझै खुलेनन्, हिउँमा अलपत्र सयौँ यात्रु
फोटो/दिपकबहादुर खड्का

कैलालीः निरन्तरको हिमपातपछि अवरुद्ध बनेको सुदूरपश्चिमको प्रमुख भीमदत्त राजमार्ग सञ्चालनमा कठिनाइ भएको छ। हिउँ पर्ने क्रम नरोकिएपछि राजमार्ग सुचारु गर्न कठिनाइ भएको हो।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार हगुल्टे लेकमा तराईतर्फका सवारी र डडेल्धुराको साहु खर्कमा पहाडतर्फका सवारी ठप्प भएका छन्।

दिउँसो डडेलधुराबाट डोजरसहित आएका प्रहरी बाटो खुलाउन नसकेपछि फर्किएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बाक्लो हिउँ पर्न थालेपछि राजमार्ग सुचारु गर्न कठिनाइ भएको हो। दुई डोजर प्रयोग गरी हिउँ हटाउने प्रयास भए पनि त्यो सम्भव नभएको हो।

शुक्रबार धनगढीबाट डोटी जान हिँडेका दिपकबहादुर खड्काले आफूहरू साहुखर्क पुग्न नसकेपछि फर्केर डोटीको गैरा बजार बसेको बताए। बाटोमा सयौँ यात्रु अलपत्र परेको उनको भनाई छ। कैलालीको अत्तरियादेखि डडेल्धुरा जोड्ने राजमार्ग हिमपातका कारण ठाउँ-ठाउँमा अवरुद्ध भएको हो।

बैतडी, दार्चुला, बझाङ, बाजुरा र अछाममा पर्ने अन्तर जिल्लाका राजमार्ग भने सुचारु भइसकेका प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell