PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

गर्भवती महिलाको हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ



पहिलोपोस्ट

गर्भवती महिलाको हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ

बुटवलः कपिलवस्तुमा एक महिलाको हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्। जिल्लाको यशोधरा गाउँपालिका –८ की २१ वर्षीया रहिसुननिशा मुसलमानलाई गत बुधबार राति झुन्ड्याएर हत्या गरेको आरोपमा उनका श्रीमान र ससुरालाई प्रहरीले पक्राउ गरेको हो।

घटनामा संलग्न रहेका मृतकका श्रीमान् २२ वर्षीय मोहम्मद नसिम अलिभाट मुसलमान र ससुरा ५० वर्षीय अब्बास अलिभाट मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दानबहादुर कार्कीले जानकारी दिए।

हत्यापछि शवलाई मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर गाडिएको थियो। प्रहरीले शुक्रबार उक्त शव उत्खनन् गरी पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ। मृतक गर्भवती भएको पाइएको छ। 

जिल्ला अस्पताल तौलिहवाका डा.जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधिवक्ता खडानन्द पोख्रेल र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलगायतको टोलीले शव उत्खनन् गरेको थियो। 

मृत्यु शंकास्पद रहेकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell