PahiloPost

Jan 21, 2026 | ८ माघ २०८२

बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु



रमेश पराजुली

बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

बुटवल : प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

५ महिला र ३ पुरूष गरि ८ जनाको मृत्यु भएको हो। जीपमा सवार अन्य ५ जना गम्भीर घाइते भएका छन्।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप गएराती १ बजे ओखरपाटामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले बताए।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ। रातीको समयमा दुर्घटना भएकोले मृतकको सनाखन हुन सकेको छैन।

जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell