PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

भारतमा थप १०५९ जना संक्रमितको मृत्यु, १ लाख २७ हजार बढीमा संक्रमण



पहिलोपोस्ट

भारतमा थप १०५९ जना संक्रमितको मृत्यु, १ लाख २७ हजार बढीमा संक्रमण
Photo : Getty Images

भारतमा पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ९५२ जना कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। कोरोना भाइरसको ओमोक्रन भेरियन्ट र त्यसको सब-भेरियन्ट फैलिएसँगै भारतमा उकालो लागेको संक्रमण दर हाल घट्दै गएको छ।

यद्यपि, मृतकको संख्या भने बढ्दै गइरहेको छ। केहीदिनदेखि भारतमा दैनिक एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ। शुक्रवार भारतमा मृत्यु हुनेको संख्या ५ लाख नाघेको थियो। आज थप १ हजार ५९ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कुल मृतकको संख्या ५ लाख १ हजार ११४ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २ लाख ३० हजार ८१४ जना संक्रमण मुक्त हुँदा हाल सक्रिय कोरोना संक्रमितको संख्या १३ लाख ३१ हजार ६४८ पुगेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell