PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

जिल्ला प्रशासन कार्यालय पाल्पाले आइतवारदेखि नियमित सेवा दिने



पहिलोपोस्ट

जिल्ला प्रशासन कार्यालय पाल्पाले आइतवारदेखि नियमित सेवा दिने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने भएको छ। कोरोना भाइरस संक्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो।

कार्यालयका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि प्रशासनले माघ १४ गतेदेखि सेवा दिन बन्द गरेको थियो।      

जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामावली संकलनको कार्य समेत नियमित हुने जनाएको छ।

सेवाग्राहीले सेवा लिन आउँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड १९ विरुद्धको खोपकार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनुपर्ने प्रशासनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell