PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काभ्रेमा प्रशासनले आइतवारदेखि आलोपालो सेवा दिने, कुन दिन कुन पालिकाको पालो ?



पहिलोपोस्ट

काभ्रेमा प्रशासनले आइतवारदेखि आलोपालो सेवा दिने, कुन दिन कुन पालिकाको पालो ?
जिल्ला विपद् व्यवस्थापन समितिको बैठक। फाइल फोटो

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि आलोपालो सेवा प्रवाह गर्ने भएको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै करिब दुई हप्ता सेवा स्थगन गरेको प्रशासनले अब आइतवारदेखि आलोपालो सेवा संचालन गर्ने भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रुपमा सेवा लिन आग्रह गरिएको छ।

जारी सूचनामा आइतवार धुलिखेल नगरपालिका र रोशी गाउँपालिका, सोमवार बनेपा नगर र चौंरीदेउराली गाउँपालिका, मंगलवार पनौती नगर र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने जनाइएको छ।

यस्तै, बुधवार पाँचखाल नगर र तेमाल गाउँपालिका, बिहीवार मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिका तथा शुक्रवार नमोबुद्ध नगर र खानीखोला गाउँपालिकाको नागरिकलाई सेवा प्रवाह गरिने सूचनामा उल्लेख गरिएको छ।

महाभारत गाउँपालिकाको लागि इलाका प्रशासन कार्यालयबाट सेवा पाउने जनाइएको छ।

पालो तोकिएको दिनमा प्रशासन आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ।

काभ्रेमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमण दर दैनिक घटिरहेको छ। पछिल्लो २४ घण्टामा जिल्लामा १४ जनामा संक्रमण देखिएको छ। हाल जिल्लाको १३ स्थानीय तहमा ४०३ कोरोना सक्रिय संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell