
बुटवल : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिवार नगर प्रमख शाह नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नम्बर ३ का सासंद अभिषेक प्रताप शाह र जिल्ला सभापति अब्दुल कलाम खाँले संयुक्त रुपमा स्वागत गरेका हुन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ। शाह सहित हजार बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस कपिलवस्तुले जनाएको छ।