
हेटौंडा : मकवानपुर प्रहरीले लागू औषधसहित एक जना महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा - १९ बस्तीपुरमा डेरागरी बस्ने बकैया - ४ छतिवन घर भएकी २९ वर्षीया नानीमाया खत्री रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए।
पुस २१ गते शुक्रवार प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले खत्रीको कोठाबाट लागु औषध डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुफिन २५० एम्पुल गरी जम्मा ७ सय ९८ एम्पुल फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ।
पक्राउ परेकी खत्रीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।