PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

चिसोले कठ्याङ्ग्रिएर पाल्पामा दुई जनाको मृत्यु 



पहिलोपोस्ट

चिसोले कठ्याङ्ग्रिएर पाल्पामा दुई जनाको मृत्यु 
प्रतीकात्मक तस्विर

बुटवलः पाल्पाको सदरमुकाम तानसेनमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा तानसेन नगरपालिका–४ बडिज्ञान टोलमा बस्ने ३८ वर्षीय वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका –४ का ५० वर्षीय गणेश परियारको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले जानकारी दिए। 

दुबै जनाको शव शनिबार फेला परेको हो। तानसेनमा ज्याला मजदुरी गर्दै आएका गिरीको शव शनिबार बिहान तानसेन नगरपालिका –४ सिल्खान टोलस्थित तानसेन–गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा पेला परेको थियो। 

त्यस्तै अर्घाखाँचीको छत्रकोट स्थायी घर भएका परियार तानसेन नगरपालिका –६ बसपार्क नजिकै अचेत अवस्थामा भेटिएका थिए। अचेत अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए। परियारले तानसेनमा मागेर खाँदै हिँड्ने गरेको बताइएको छ। 

]रातभर पानी परिरहेकोले दुबै जनाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell