PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा



पहिलोपोस्ट

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा
फोटो/दिपकबहादुर खड्का

कैलालीः हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने राजमार्ग बिहीबारबाट अवरुद्ध बनेको थियो।

राजमार्गमा भएको बाक्लो हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जननाएको छ।  हिमपात रोकिएपछि शनिबार बिहानैदेखि स्थानीय तहका डोजर र नेपाली सेनाले हिउँ पन्छाउने काम गरेका थिए। दिनभरको प्रयासपछि शनिबार साँझ मात्रै सडक सुचारु गर्न सकिएको प्रहरीले जनाएको छ।

सडक खुलाइएपछि बाटोमै अलपत्र परेका यात्रु र सवारी गन्तव्यतर्फ हिँडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell