PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

इङ्ग्ल्याण्डलाई हराउँदै भारतले जित्यो यू १९ विश्वकपको उपाधि



पहिलोपोस्ट

इङ्ग्ल्याण्डलाई हराउँदै भारतले जित्यो यू १९ विश्वकपको उपाधि
Photo: BCCI

भारतले पाँचौ पटक यू १९ विश्वकपकव उपाधि जितको छ। फाइनल खेलमा इङ्ग्ल्याण्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन बनेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनाएको थियो। जसका लागि जेम्स रिउले सर्वाधिक ९५ रन बनाउँदा जेम्स सेलले अविजित ३४ रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै जर्ज थोमसले २७ र रेहान अहमेद र एलेक्स होर्टनले समान १०/१० रन बनाए।

बलिङतर्फ भारतका राज बावाले सर्वाधिक ५ विकेट लिँदा रवि कुमारले ४ र कौशल ताम्बेले १ विकेट लिए।

जवाफी ब्याटिङ उत्रिएको भारतका लागि निशान्त सिन्धु र हर्नुर सिंहले अर्धशतकीय पारी खेल्दै समान ५० रन बनाए। त्यस्तै राज बावाले ३५ रन बनाउँदा हर्नुर सिंहले २१ रन बनाउँदा भारतले ६ विकेट गुमाउँए ४७.४ ओभरमा लक्ष्य पुरा गर्‍यो। र, ४ विकेटले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन बनेको हो।

भारतले यसअघि सन् २०००, २००८, २०१२ र २०१८ मा विश्वकप जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell