PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

वसन्त पञ्चमीमा अक्षरारम्भ : सरस्वती मन्दिरका भित्तामा बालबालिकाको अक्षरकला

वसन्त पञ्चमीमा अक्षरारम्भ : सरस्वती मन्दिरका भित्तामा बालबालिकाको अक्षरकला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : विद्याकी देवी सरस्वतीको आज विशेष पूजा आरधना गरिँदैछ। आज विद्यालय प्रवेशको उमेर भएका साना नानीहरुलाई अक्षर चिनाउने उत्तम साइत पनि मानिन्छ। सरस्वती मन्दिरको भित्तामा अक्षर लेख्न सिकाई अक्षरारम्भ गराउने प्रचलन छ।

सरस्वती पूजाको अवसरमा स्वयम्भूस्थित सरस्वती मन्दिर परिसरमा बिहानैदेखि बालबालिकाहरु पुगेका थिए। उनीहरुले मन्दिरको भित्तामा विभिन्न अक्षरहरु कोरेका थिए।

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वतीमा विशेष गरी विद्यार्थी, लेखक, कवि, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिन्छ।

आज विवाह, व्रतबन्ध, बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य सञ्चालनका लागि साइत हेर्न नपर्ने धार्मिक विश्वास छ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell