PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

बेलायतमा प्रिन्स चार्ल्स राजा बन्दा कामिला महारानी बनेको हेर्ने एलिजावेथको इच्छा



पहिलोपोस्ट

बेलायतमा प्रिन्स चार्ल्स राजा बन्दा कामिला महारानी बनेको हेर्ने एलिजावेथको इच्छा
Photo: BBC

काठमाडौं :  बेलायती महारानी एलिजावेथ द्वीतियाले डचेस अफ कर्नवाल कामिलालाई आगामी रानीको रुपमा चाहेको बताएकी छन्। प्रिन्स चार्ल्स राजा भएसँगै उनको सहयोगी रानीको रुपमा कामिलालाई हेर्न चाहेको उनले बताएकी हुन्।

आफ्नो राज्यारोहणको ७० औं वर्षगाठको अवसरमा सन्देश जारी गर्दै ९२ वर्षीया महारानी एलिजावेथले कामिलालाई यो उपाधी प्राप्त होस भन्ने इच्छा रहेको बताएकी हुन्। महारानीको यो घोषणासँगै कामिलालाई भविष्यमा ‘महारानी कामिला’ बन्ने बाटो खुलेको छ।

‘यो मेरो इमान्दारपूर्ण इच्छा हो कि जब समय आउने छ त्यतिबेला कामिला क्विन कन्सोर्ट(सहयोगी रानी)को रुपमा चिनिउन्,’ महारानी एलिजावेथको सन्देशमा भनिएको छ। क्विन कन्सोर्टले शासन गरिरहेका राजाकी श्रीमतीलाई जनाउँछ। यसको अर्थ उनलाई भविष्यमा महारानी कामिलाको रुपमा लिइनेछ।

यद्यपि, कामिला प्रिन्स चार्ल्स राजा बनेसँगै स्वत: कामिला रानी बन्नुपर्ने हो। तर, बेलायती जनताको जनभावनाको अनिश्चितताका कारण महारानी एलिजावेथले यस्तो इच्छा व्यक्त गरेकी हुन्।

चार्ल्स र कामिलाले जब सन् २००५ मा विवाह गरेका थिए त्यतिवेला दुबै डिभोर्सी थिए। चार्ल्सले यसअघि राजकुमारी डायनासँग विवाह गरेका थिए। तर, उनीहरु बिच सन् १९९६ मा डिभोर्स भएको थियो। त्यसको एक वर्षपछि डायनाको पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो।

जब कामिला र चार्ल्सको विवाह भएको थियो त्यतिबेला उनलाई ‘प्रिन्सेस कन्सोर्ट’को उपाधी दिने विषय विवादास्पद भएको थियो। त्यतिबेला महारानी उनलाई रानी बन्ने बाटोका लागि बाधक बनेकी थिइन्। तर, यो बाधा महारानी एलिजावेथको घोषणासँगै अब हटेको छ।

नयाँ वर्षको सन्देशका क्रममा उनले कामिलालाई मर्यादाक्रमको अगाडि राख्ने घोषणा गरिएको थियो। कामिला अहिले ७४ वर्षकी भइन्। उनी अहिले घरेलु हिंसाका पीडितहरुको सहयोगका लागि च्यारिटी चलाइरहेकी छन्।

महारानीको एलिजावेथको ७० वर्षे कार्यकालको अवधिमा बेलायतले हालसम्म १४ वटा प्रधानमन्त्री पाएको छ। यो अवधिमा ३१ प्रतिशत बेलायतीले महारानीसँग भेटेको अथवा देखेको बताएको बीबीसीले जनाएको छ।

त्यस्तै १५ लाख मानिसहरुले उनको गार्डेन पार्टीमा कम्तिमा एक पटक सहभागि भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell