PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कसरी सुरु भयो शीतकालीन ओलम्पिक?



पहिलोपोस्ट

कसरी सुरु भयो शीतकालीन ओलम्पिक?
फोटो: सिन्वा

पहिलो शीतकालीन ओलम्पिक सुरु गर्दा यसको नाम थियो: अन्तर्राष्ट्रिय शीतकालीन खेलकुद सप्ताह।

सन् १९२४ को जनवरी २५ देखि फेब्रुअरी ५ सम्म फ्रान्सको चामोनिक्समा सम्पन्न प्रतियोगितालाई पहिलो शीतकालीन ओलम्पिकका रुपमा 'रिकग्नाइज्ड' गरिन्छ। यद्यपि, आयोजक फ्रेन्च ओलम्पिक कमिटीले 'अन्तर्राष्ट्रिय शीतकालीन खेलकुद सप्ताह'को रुपमा आयोजना गरेको थियो। सन् १९२६ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको पोर्चुगलको लिस्बनमा बसेको बैठकले उक्त प्रतियोगिताको नाम परिवर्तन गर्दै पहिलो शीतकालीन ओलम्पिक बनाएको थियो।

उक्त प्रतियोगिता राम्ररी सफल भएको थियो। स्की जम्प लगायतका खेलहरुले दर्शक प्रभावित बनेका थिए। त्यसबेला १६ वटा इभन्टका लागि १६ देशका २६० जना खेलाडीले सहभागिता जनाएका थिए। यसमध्ये १३ जना महिला थिए र उनीहरुलाई पनि 'फिगर स्केटिङ'मा सहभागिता जनाउन अनुमति थियो।

महिला अल्पाइन स्कीइङ १९६३ मा जर्मनीमा भएको खेलहरूमा पेश गरिएको थियो, जहाँ महिलाहरूलाई पहिलो पटक अल्पाइन संयुक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न अनुमति दिइएको थियो।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् १९२१ शीतकालीन ओलम्पिकलाई छुट्टै आयोजना गर्ने निर्णय स्वीजरल्याण्डको लौसान्नेमा बसेको बैठकले गरेको थियो।

१० हजार भन्दा बढी शुल्क तिर्ने दर्शकहरूलाई आकर्षित गर्ने च्यामोनिक्सका प्रतियोगिताको सफलताले खेलहरूलाई पहिलो शीतकालीन ओलम्पिकका रुपमा लिइएको हो।

सोही वर्ष आईओसीले प्रत्येक चार वर्षमा ओलम्पिक शीतकालीन खेलहरू आयोजना गर्न सहमत भयो। स्विट्जरल्याण्डको सेन्ट मोरिट्जको अल्पाइन रिसोर्ट १९२८ मा शीतकालीन ओलम्पिकको दोस्रो आयोजक बन्यो। ६६९ खेलाडीहरूले २२ इभेन्टहरूमा प्रतिस्पर्धा गरे। यद्यपि धेरै मानिसहरूले १९२८ खेलहरू पहिलो वास्तविक शीतकालीन ओलम्पिक हो भनी भन्छन्, 'धेरैले अझै पनि चामोनिक्स १९२४ लाई शीतकालीन ओलम्पिकको इतिहासमा पहिलो कोशेढुङ्गा मान्छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell