PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै



पहिलोपोस्ट

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
FILE PHOTO

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल हुने भएको छ।

आज दिउँसो ४ बजेका लागि तीन नेताबीच भेट तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। तीन नेताबीच अमेरिकी मिलिनियम च्यालेन्ज(एमसीसी) र स्थानीय निर्वाचनबारे छलफल हुने बताइएको छ।

उच्चस्तरीय राजनीतिक समितिले सरकारलाई जेठमै स्थानीय निर्वाचन गर्न सुझाव दिएको थियो। गत मंगलवारमात्र सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते निर्वाचन गर्न सहमति भएको थियो। यद्यपि, सरकारले स्थानीय तहको मिति भने तोकेको छैन।

यसैगरी एमसीसी परियोजनालाई प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पठाएको पत्र र अमेरिका दुई नेतालाई पठाएको जवाफी पत्र सार्वजनिक भएसँगै राजनीतिक माहोल तातेको छ। यो विषयमा आज बालुवाटारमा तीन नेताबीच छलफल हुने बताइएको छ।

सर्वोच्च अदालतको परमादेशबाट देउवा असार २९ गते प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष ‌ओली पहिलोपटक बालुवाटार जान लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell