PahiloPost

Jun 24, 2026 | १० असार २०८३

‘परस्त्री’मा शिल्पा मास्के अनुबन्धित



पहिलोपोस्ट

‘परस्त्री’मा शिल्पा मास्के अनुबन्धित

काठमाडौं : फिल्म ‘परस्त्री’को मुख्य भुमिकामा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छिन्। फिल्ममा उनी अभिनेता कोशिस श्रेत्रीसँगै मुख्य देखिनेछिन्। कोशिस यसअघि नै मुख्य भुमिकामा लागि फाइनल भइसकेका थिए।

अझै एक अभिनेता र अभिनेत्रीको खोजी भइरहेको निर्माता तथा लेखक दीपेन्द्र के खनालले जनकारी दिए। छिटै फिल्मको मुख्य कलाकार छनोट कार्य सकेर 'वर्कसप' गरिने निर्माता खनालको भनाई छ। हाल धमाधम फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ।

सुरज पाण्डेको डेब्यु निर्देशन रहको फिल्मको छायांकन फागुनको तेस्रो साताबाट हुनेछ। यो फिल्मलाई हिन्दी भाषामा समेत डब गरिने बताइएको छ। डिएस डिजिटलको ब्यानरमा निर्माण गरिने फिल्मकी प्रस्तुतकर्ता शर्मिला पाण्डे हुन्। फिल्मको सम्पुर्ण छायांकन निरज कँडेलले  गर्नेछन् ।

निर्देशक खनालले निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ प्रदर्शनको तयारीमा छ। २०७९ बैशाख ३० गतेबाट उक्त फिल्म प्रदर्शनमा आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell