PahiloPost

Jun 24, 2026 | १० असार २०८३

काठमाडौं उपत्यकाभित्र जारी ‘स्मार्ट लकडाउन’को समीक्षा गर्न सीडीओ बैठक बस्दै, कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा केही खुकुलो पार्ने तयारी



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र जारी ‘स्मार्ट लकडाउन’को समीक्षा गर्न सीडीओ बैठक बस्दै, कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा केही खुकुलो पार्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी भएको ‘स्मार्ट लकडाउन’को समीक्षा गर्न उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ।

आज साँझ ५ बजेतिर बैठक बस्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद अधिकारीले बताए। कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौंमा २५ जना भन्दाबढी भेला भएर कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ। त्यस्तै, शैक्षिक संस्थाहरु पनि बन्द छन्।

‘आज ५ बजेतिर बैठक बस्ने तयारी गरिएको छ। सम्भव भए आज नै बैठक बसेर समीक्षा गर्छौँ,' प्रजिअ रिजालले भने।

काठमाडौं उपत्यकाभित्र निजी सवारी, ट्याक्सीलगायतमा जोरबिजोर प्रणाली कायम भएको छ। आज बस्ने बैठकले निजी सवारीमा लागू भएको जोरबिजोर प्रणालीको समीक्षा गर्ने भएको छ।

बैठकले जोरबिजोर प्रणाली हटाउने तयारी समेत गरेको छ। तर, सीसीएमसीको बैठक समेत बस्ने भएकाले सोको निर्णय समेत कुरिरहेको छ।

केही दिनदेखि कोरोना संक्रमणको दर घट्दै गएको छ। परीक्षण गर्दा ५० प्रतिशत भन्दा बढी देखिएको संक्रमण घटेर २५ प्रतिशत तल पुगेको छ। संक्रमण दर घट्दै जाँदा जिल्ला प्रशासनले पनि निषेधाज्ञाहरू खुकुलो बनाउँदै लगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell