PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

थपिए १३८६ नयाँ संक्रमित, ११ जनाको मृत्यु



पहिलोपोस्ट

थपिए १३८६ नयाँ संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार २५१ जनाको कोरोना परीक्षण गर्दा १ हजार ३८६ जनामा कोरोना संक्रमण देखिएको हो।

आरट-पीसीआर परिक्षणबाट १ हजार १८३ र एन्टीजेन परिक्षणबाट २०३ जनामा कोरोना संक्रमण पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा ८ हजार ७०४ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ४५ हजार २४८ पुगेको छ। साथै कोरोना संक्रमणका कारण थप ११ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा थप ७९ हजार ९५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell