PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

कर्णालीमा टुंगियो मन्त्रालयको भागबण्डा, नयाँ मन्त्रीहरुको सपथ आजै



पी बी खड्का

कर्णालीमा टुंगियो मन्त्रालयको भागबण्डा, नयाँ मन्त्रीहरुको सपथ आजै

सुर्खेत : कर्णाली प्रदेशमा मन्‍त्रिपरिष्द विस्तार हुने भएको छ। दलहरुबिच मन्त्रालयको भागबण्डाको टुंगो समेत लागेको छ।

नेपाली कांग्रेसले आन्तरिक मामिला तथा कानून र सामाजिक विकास, नेकपा माओवादी केन्द्रले जलस्रो तथा उर्जाविकास विकास र उद्योग, पर्यटन, वन तथा वातावरण  र एकीकृत समाजवादीको भागमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय बाँडफाट गरेका हुन् ।

आईतबार साँझ ७ बजे पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम तय भएको छ।

कांग्रेसका यज्ञबहादुर विसीले सामाजिक विकास मन्त्रालय, कांग्रेसकै हिमबहादुर शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेकपा माओवादी केन्द्रका गणेश प्रसाद सिंहले जलस्रोत तथा उर्जाविकास मन्त्रालय, माओवादी केन्द्रकै कार्चेन लामाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र एकीकृत समाजवादीका पदम रोकायले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनाएको छ।

कर्णालीमा मुख्यमन्त्री सहित आठ मन्त्रालय छन्। जसमा माओवादी केन्द्रका सांसद् विन्दमान विष्टले आर्थिक मामिला तथा योजना मन्त्रालय र समाजवादी संसदीय दलका नेताले भूमि, व्यवस्था, कृषितथा सहकारी मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell