PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सोमबारदेखि सवारीको जोर बिजोर नियम खारेजः फागुन १ गतेदेखि स्कुल सञ्चालन हुने, यस्तो छ सिडिओको आदेश 



पहिलोपोस्ट

सोमबारदेखि सवारीको जोर बिजोर नियम खारेजः फागुन १ गतेदेखि स्कुल सञ्चालन हुने, यस्तो छ सिडिओको आदेश 

काठमाडौँः सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली आइतबार मध्यरातदेखि हट्ने भएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सवारी साधनको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। 

यसअघि माघ पहिलो सातादेखि जोर बिजोर लागू भएको थियो। माघ १४ गतेदेखि सार्वजनिक सवारीको जोर बिजोर प्रणाली भने हटाइएको थियो। 
साथै बैठकले फागुन १ गतेदेखि विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सक्ने निर्णय गरेको छ।

स्वास्थ्य मापदण्ड अपनाएर फागुन १ गतेबाट परीक्षा सञ्चालनको अनुमति दिने पनि निर्णय भएको छ। 

सबै प्रकारका आमसभा, मेला, जुलुस, भेला, महोत्सवमा लगाइएको रोक भने यथावत छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell