PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

इजिप्टलाई हराउँदै सेनेगल बन्यो अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन



पहिलोपोस्ट

इजिप्टलाई हराउँदै सेनेगल बन्यो अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन
Photo: Reuters

इजिप्टलाई हराउँदै सेनेगल अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन बनेको छ। क्यामरुनको ओलेम्बेस्थित पउल बिया स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेनेगल पहिलो पटक च्याम्पियन बनेको बनेको हो।

खेलको सातौं मिनेटमै सेनेगलले खेलमा अग्रता बनाउने अवसर बनाएको थियो। तर, साडियो मानेको प्रहार इजिप्टका गोलकिपर गाबास्कीले रोकिदिए। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। जहाँ गाबास्कीलेले तीन वटा उत्कृष्ट बचाउ गर्दा खेल फेरि गोलरहित बराबरीमै रोकियो र पेनाल्टी सुटआउटमा पुग्यो। जहाँ ४-२ गोलअन्तरले जित निकाल्दै प्रतियोगतामा दुई पटक फाइनलमा पुगेर पनि च्याम्पियन हुन असफल रहेको सेनेगलले पहिलो पटक उपाधि जित्यो। यसअघि सन् २००२ र २०१९ मा सेनेगल उपविजेतामा चित्त बुझाएको थियो। यता इजिप्टले आठौं पटक उपाधि जित्नबाट असफल रह्यो।

पेनाल्टी सुटआउटमा सेनेगलका कालीडोउ कौलीबली, अबडोउ डिआलो, बम्बा डिएङ र साडियो मानेले गोल गर्दा  बौना सर चुके। इजिप्टका अहमेद सइद र मार्विन हम्दीले गोल गर्दा मोहम्मद अदिलमोनेम र मोहम्मद लासिन चुके।

'म धेरै इमोसनल भइरहेको छु। यो ट्रफी सेनेगलका जनताले ६० वर्षदेखि चाहेका थिए,' सेनेगलका प्रशिक्षक अलिउ किस्सेले भने, ' यदि तपाइँ कडा परिश्रम गर्नुहुन्छ, यदि तपाइँ लगनशील हुनुहुन्छ भने, तपाइँ तपाइँले चाहानु भएको कुरा पाउनुहुनेछ भन्ने यसले मात्र देखाउँछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell