PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

बिइङ ह्युमनका संचालकलाई राजस्व अनुसन्धान विभागले औषधि व्यवस्था विभागलाई बुझायो, बख्रेलविरुद्ध यथेष्ट प्रमाण भएको दाबी



पहिलोपोस्ट

बिइङ ह्युमनका संचालकलाई राजस्व अनुसन्धान विभागले औषधि व्यवस्था विभागलाई बुझायो, बख्रेलविरुद्ध यथेष्ट प्रमाण भएको दाबी

काठमाडौं : राजश्व अनुसन्धान विभागले राजश्व छलीदेखि लागु औषधको कारोबारमा समेत समातिएका दरबारमार्गमा रहेको क्लोदिङ स्टोर बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेललाई औषधि व्यवस्था विभागलाई बुझाएको छ।

विभागले राजस्व छली प्रकरणमा अनुसन्धान सकेर औषधिको कारोबारमा अनुसन्धान गर्न विभागलाई बुझाएको हो। १ करोड ६५ लाख रुपैयाँ धरौटी राखेर विभागले बख्रेलाई औषधी व्यवस्थापन विभाग बुझाएको हो। औषधि व्यवस्थापन विभागले अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको विभागका प्रवक्ता सन्तोष केसीले बताए। बख्रेलको बयान समेत भइसकेको छ।  विभागले २४ दिनसम्म अदालतबाट म्याद थप गरेर बख्रेल माथि अनुसन्धान गर्न पाउनेछ।

' उसको बयान लिइसकेका छौं। बयानमा कारोबार स्विकार गरे  पनि नगरे पनि उनी औषधि कारोबारमा संलग्न भएका यथेष्ट प्रमाण हामीसँग छ,' प्रवक्ता केसीले भने।

महानगरीय अपराध महाशाखाको टोलीले राजश्व छली गरेर ल्याएका मदिरासहित उनलाई पक्राउ गरेको थियो। बख्रेलले रक्सीमा मात्र होइन म्याद गुज्रिएको ‍औषधिमा समेत रिलेबलिङ गर्ने गरेको खुलेको छ। सुत्केरी हुँदा प्रयोग हुने निषेधित औषधि 'ट्रामाडोल' कारोबारमा उनी संलग्न भएको खुलेको हो।

लागु औषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागले गरेको संयुक्त अपरेसनमा माघ १३ र १४ गते पाँच जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परे पछि भएको अनुसनस्धानमा 'ट्रामाडोल'को कारोबारमा बख्रेलको संलग्नता रहेको खुलेको थियो।

प्रहरीले नयाँ बजार खुसिबुँको एक घरमा छापा मारेको थियो। त्यो घरमा बख्रेलले राजश्व छली गरेर राखेको ५० लाख बराबरको समाग्री समेत फेला पारेको थियो। प्रहरीले घरमा नियन्त्रित औषधि लुकाएर राखेको भन्ने जानकारी पाएपछि छापा मार्न पुगेको थियो।

३९ वर्षीय बख्रेल पर्साका हुन् जो अहिले राजधानीको कपनमा बस्दै आएका छन्। लामो समयदेखि उनी लागु औषध र राजश्व छली गरेर भारतबाट सामान ल्याउन गतिविधिमा संलग्न भएको खुलेको छ। भारतीय अभिनेता सलमान खानको बिइङ ह्युमनका तयारी पोशाक लगायतका सामग्री आयात गर्ने नाममा मदिरादेखि कस्मेटिकसम्म ल्याउने गरेको खुलेको छ।

रवि भनिने भारतीय नागरिक र सन्तोष चन्द्रको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू बिक्री वितरण गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। २०७६ साल पुस २८ गते प्रहरीले क्षेत्रपाटीबाट १४ लाख ७४ हजार ट्रामाडोल ट्याब्लेट बरामद गरेको थियो। जुन बख्रेलकै भएको अनुसन्धानमा देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell