PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

फैलिँदै पिपिआर रोगको संक्रमण : नुवाकोट र रसुवामा भेडाब्राखालाई खोप दिइँदै



पहिलोपोस्ट

फैलिँदै पिपिआर रोगको संक्रमण : नुवाकोट र रसुवामा भेडाब्राखालाई खोप दिइँदै
FILE PHOTO

काठमाडौं : नुवाकोट र रसुवाका भेडाबाख्रालाई यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म निःशुल्करुपमा पिपिआर रोगविरुद्धको खोप अभियान संचालन गर्न लागिएको छ। वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप दिन लागिएको हो।

खोप कार्यक्रमका लागि दुवै जिल्लाको पालिका तहमा खोप लगाउने प्राविधिक छनोट गरेर अभिमुखीकरणपश्चात् खोपसहितको आवश्यक सहायता सामग्री उपलब्ध गराइसकेको विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा सुलोचना श्रेष्ठले जानकारी दिए। नुवाकोटका लागि दुई लाख २० हजार डोज र रसुवाका लागि २९ हजार डोज खोपसहित प्राविधिकलाई कार्य क्षेत्र तोकेर पठाइएको छ। सप्ताहव्यापी अभियानलाई स्थानीय तहले आफ्नै कार्यक्रमका रुपमा सफल बनाउनका लागि सहयोग पुर्‍याउन अनुरोध गरिएको छ।

पिपिआर भेडाबाख्रामा लाग्ने घातक संक्रामक रोग हो। यसबाट सुरक्षित बनाउन निःशुल्क उपलब्ध गराइएको खोप कार्यक्रममा आफ्ना भेडाबाख्रालाई टोल तथा गाउँगाउँमा तोकिएको खोप केन्द्रसम्म लगेर लाभ लिन विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले आग्रह गरेका छन्। भेडाबाख्रामा हैजाको रुपमा परिचित पिपिआर रोग नेपालका सबै जिल्ला र बस्तीसम्म फैलिसकेको छ। यसको न्यूनीकरण गर्न खोप कार्यक्रम संचालन गर्न लागिएको हो।

पाण्डेले भने, ‘जन्मेदेखि तीन महिना पूरा नभएका पाठापाठी, गर्भाधानको समयको सुरुको एक महिना र अन्तिमको दुई महिना बाँकी रहेकाबाहेक सबै भेडाबाख्रालाई खोप लगाउन सकिने छ। रोगबाट बच्न खोप नै उत्तम उपाय हो।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सप्ताहव्यापी रुपमा प्रदेशभित्रको सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम संचालन गर्ने जनाएको छ। संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा वाग्मती प्रदेशमा ९३ हजार ६३९ भेडा र २३ लाख ५१ हजार बाख्रा रहेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell