PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

गुरुकुल थिएटरमा फेरि मञ्चन हुँदै 'पुतलीको घर'



पहिलोपोस्ट

गुरुकुल थिएटरमा फेरि मञ्चन हुँदै 'पुतलीको घर'

काठमाडौं: आरोहण-गुरुकुलको नाटक 'पुतलीको घर' फेरि मञ्चन हुने भएको छ। कोरोना संक्रमण बढेसँगै स्थगित भएको मञ्चन संक्रमणको जोखिम कम भएसँगै फेरि सुरु हुन लागेको हो। अब सो नाटक माघ २८ गतेदेखि फागुन ७ गतेसम्म गुरुकुल थिएटरमा मञ्चन हुनेछ।

थिएटरका संस्थापक तथा रंगकर्मी सुनील पोखरेलले फेरि नाटक मञ्चन गर्न लागेको फेसबुकमार्फत जानकारी दिएका हुन्।

माघ १ गतेदेखि सुनीलकै अनुवाद र निर्देशन रहेको पुरानै नाटक ‘पुतलीको घर’ मञ्चन भइरहेको थियो। तर कोरोना कहरबिच माघ ७ गतेदेखि यस नाटकको मञ्चन स्थगित गरिएको थियो।

यो थिएटर एक दशकपछि पुस ३० गतेबाट पुन: सञ्चालनमा आएको हो। काठमाडौं महानगरपालिकाले एक वर्षको भाडा बेहोर्ने भएपछि थापागाउँ स्थित गुञ्ज थिएटरको एउटा हल ‘गुरुकुल थिएटर’ नाममा सञ्चालनमा आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell