PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

मन्त्री रेणु यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी



पहिलोपोस्ट

मन्त्री रेणु यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ।

नागरिक अभियानकर्मी तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले आइतवार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत् उनीविरुद्ध जाहेरी दरखास्त दिएका हुन्।

२०६३ चैत ७ गते गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको उल्लेख गर्दै मन्त्री यादवले गत माघ ५ गते गौर नरसंहार दोहोर्‍याउने आसयको अभिव्यक्ति दिएकी थिइन्।

मन्त्री यादवको उक्त अभिव्यक्तिले विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ३५ को कसुर गर्न दुरुत्साहन दिने र द्वन्द्व फैलाउने जाहेरीमा उल्लेख छ।  

कानुन अनुसार हदैसम्मको कारबाहीको माग गरी उक्त जाहेरी दरखास्त हुलाकमार्फत् जिल्ला प्रहरी कार्यालय रौतहट पठाएको दाहालले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell