PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रहरीले कालो बेलुन उडाउन रोकेपछि अनेरास्ववियूले भन्यो : मुख्यमन्त्री र मन्त्रीको गाडी रोक्छौं



पहिलोपोस्ट

प्रहरीले कालो बेलुन उडाउन रोकेपछि अनेरास्ववियूले भन्यो : मुख्यमन्त्री र मन्त्रीको गाडी रोक्छौं

बुटवल : नेकपा (एमाले) को भातृ विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रुपन्देहीले मंगलवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीका गाडी चल्न नदिने घोषणा गरेको छ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता र स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने मागसहित सोमवार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि कालो बेलुन उडाउँदै धर्ना दिन पुगेका अनेरास्ववियुका नेता कार्यकर्ताहरुलाई प्रहरीले आक्रमण गरेको विरोधमा गाडी चल्न रोक लगाउने अनेरास्ववियु रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले बताए।

‘कालो बेलुन उडाउने सांकेतिक बिरोध कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा अनेरास्ववियुका नेता कार्यकर्तामाथी भएको प्रहरी दमनको घोर बिरोध गर्दछौं ।’ उनले भने ।

मंगलवार दिउँसो २ बजे बुटवल बहुमुखी क्याम्पसबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि तय गरिएको उनले बताए।

आज प्रहरीसँगको झडपमा परी अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य कृष्ण पौडेल, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरे, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएका अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell