PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

भारतमा थप ११८८ जनाको कोरोना संक्रमणका कारण मृत्यु



पहिलोपोस्ट

भारतमा थप ११८८ जनाको कोरोना संक्रमणका कारण मृत्यु
Photo : Getty Images

भारतमा पछिल्लो २४ घण्टामा थप १ हजार १८८ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ लाख २ हजार ८७४ पुगेको छ। पछिल्लो समय भारतमा ओमोक्रन भेरियन्टका कारण बढेको संक्रमण दर घट्दै गए पनि मृतकको संख्या भने बढिरहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार थप ६७ हजार ५९७ जनामा संक्रमण देखिएको छ। १ लाख ८० हजार ४५६ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ८९१ पुगेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell