बलिउड अभिनेत्री आलिया भट्ट अहिले 'गंगुबाई काठियावाडी'लाई लिएर चर्चामा छिन्। यो फिल्म २५ फेब्रुअरी बाट प्रदर्शन हुँदैछ। यसैबिच आलिया अभिनित फिल्म 'डार्लिङस' सिधै ओटीटी प्याल्टफर्ममा रिलिज हुने पक्का भएको छ। शाहरुख खान र आलियाको फिल्म 'डार्लिङस' लाई नेटफ्लिक्सले मंहगो रकममा किनेको छ।
आलियाले शाहरुख खानको रेड चिल्ली इन्टरटेनमेन्टसँग मिलेर निर्माण भएको फिल्म नेटफ्लिक्सले ८० करोड भारतीय रुपैयाँमा मा किनेको हो।
जसमीन रीनको निर्देशनमा बनेको यस फिल्मको सुटिङ पुरा भएर पोष्टप्रोडक्सनको काम भइरहेको छ। फिल्ममा आलियाका साथै विजय शर्मा र शैफाली शाह मुख्य भूमिकामा देखिनेछन्।
डार्क कमेडी जनराको यस फिल्मले आमाछोरीको सम्बन्धको कथा भन्छ।