PahiloPost

Jun 24, 2026 | १० असार २०८३

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई



पहिलोपोस्ट

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई

बुटवल : लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण) लाई नियुक्त गर्ने निर्णय भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्ध दर्शनमा स्नातकोत्तर गरेका छन्।

उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज समेत हुन्। उनको कार्यकाल ५ वर्षको हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell