PahiloPost

Jun 24, 2026 | १० असार २०८३

रहेनन् 'महाभारत'का भीम, ओलम्पिकमा गरेका थिए भारतको प्रतिनिधित्व



पहिलोपोस्ट

रहेनन् 'महाभारत'का भीम, ओलम्पिकमा गरेका थिए भारतको प्रतिनिधित्व

पौराणिक टेलिश्रृखंला 'महाभारत' का भीम अर्थात प्रवीण कुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण  सोमवार राति उनकाे निधन भएकाे हो।

प्रवीणले सन् १९८१ मा फिल्म 'रक्षा' बाट अभिनयमा डेब्यु गरेका थिए। तर, 'महाभारत' मा भीमको भूमिका निभाएपछि उनी चिनिएका हुन्।

उनले टेलीसिरियलका साथै ५० भन्दा बढी बलिउड फिल्ममा समेत काम गरिसकेका छन्। उनी खासगरि फिल्ममा भिलेनको भूमिकामा देखिन्थे।

प्रवीण कलाकारका साथै खेलाडी पनि हुन्। प्रवीणले एसियाली खेलमा २ स्वर्ण, १ रजत र १ कास्य जितेका थिए। साथै उनले १९६८ को ओलम्पिक खेलमा समेत भारतको प्रतिनिधित्व गरेका थिए।

उनी अन्तिम पटक २०१३ मा रिलिज भएको ‘महाभारत और बारबारीक’ मा देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell