PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

कमल थापाले छाडे राप्रपा, ‘अत्यन्त भारी मनका साथ पार्टीबाट अलग हुने निर्णय गरेको छु’



निशा गुरुङ

कमल थापाले छाडे राप्रपा, ‘अत्यन्त भारी मनका साथ पार्टीबाट अलग हुने निर्णय गरेको छु’

हेटौँडा : कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामा दिएका छन्। उनले आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन्।

‘अत्यन्त भारी मन तथा पीडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पाटीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell