PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

'म यस्तो गीत गाउँछु २' फागुन १३ गते रिलिज हुने



पहिलोपोस्ट

'म यस्तो गीत गाउँछु २' फागुन १३ गते रिलिज हुने

काठमाडौं: सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्न पाइने निर्णय गरेको छ। निर्णयसँगै फिल्म ‘यस्तो गीत गाउँछु-२’ को नयाँ रिलिज मिति घोषणा भएको छ।

यो फिल्म अब फागुन १३ गते प्रदर्शन हुने पक्का भएको छ। निर्देशक सुदर्शन थापाले फिल्मको नयाँ रिलिज मितिबारे फेसबुकमार्फत जानकारी दिएका हुन्।

यसअघि माघ १९ रिलिज तय भएको थियो। तर कोरोना संक्रमण बढेसँगै सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि स्थगित गरिएको थियो।

यसअघि नै मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ पनि रिलिज हुने घोषणा भइसकेको छ।

पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ।

यस्तै चलचित्र चिसो मान्‍छे २०७९ असार ३ गते रिलिज डेट तय गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell