PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

शुक्रवारबाट ए डिभिजन लिगको दशौं चरणका खेल सुरु हुँदै, एन्फा कम्प्लेक्समा पनि खेल हुने



पहिलोपोस्ट

शुक्रवारबाट ए डिभिजन लिगको दशौं चरणका खेल सुरु हुँदै, एन्फा कम्प्लेक्समा पनि खेल हुने

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौं चरणका खेल शुक्रवारबाट सुरु हुँदैछन्। नवौं चरणपछि बाँकी रहेका खेलहरु शुक्रवारबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

नवौ चरणका खेलहरु मध्ये बाँकी रहेको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल भोलि दशरथ रंगशालामा गराउने तयारी एन्फाको छ।

हालसम्म दशरथ रंगशाला र पोखरा रंगशालामा खेल भइरहेकोमा दशौं चरणबाट एन्फा कम्प्लेक्समा पनि खेल गराउने एन्फाको खेलतालिकामा उल्लेख छ। दशौं चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज शुक्रवार दिउँसो १ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।

दशौं चरणका ६ खेल दशरथ रंगशालामा र १ खेल एन्फा कम्प्लेक्समा हुने छ भने एघारौ चरणमा चार खेल दशरथ रंगशाला र ३ खेल एन्फा कम्प्लेक्समा हुनेछन्। १२ औं चरणमा भने सबै खेल दशरथ रंगशालामा गराउने तयारी एन्फाको छ। १३ औं चरणको खेलमिति र स्थान तोकिएको छैन।

नवौं चरणको समाप्तीमा २३ अंक जोडेको मछिन्द्र क्लब शीर्षस्थानमा छ भने दोस्रो स्थानमा १९ अंक जोडेको मनाङ मर्स्याङदी क्लब छ। त्यस्तै तेस्रो र चौथो स्थानमा १७ र १६ अंक जोडेर त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell