PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

मजदुर नेता पुनको स्मृतिमा सालिकसहितको पार्क



पहिलोपोस्ट

मजदुर नेता पुनको स्मृतिमा सालिकसहितको पार्क

बुटवलः मजदुरका रुपमा काम गर्ने र श्रमिकलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ।

बाबुसँगै बागलुङबाट बुटवलमा आएका र श्रमिकका रुपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो।

दुई खण्डमा निर्माण र विस्तार भइरहेको उक्त पार्क र परिसरमा निर्माण गरिएको पुनको अर्धकदको शालिक मंगलबार साँझ उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन्।

महेन्द्र राजमार्ग निर्माण भइरहेको र त्यसमा काम गर्न भन्दै पुनका बुबा छोराछोरीलाई लिएर बुटवलमा आएका थिए। बाबुसँगै जितबहादुर र उनका दुई दाजुभाई पनि बुटवलमा आएर काम गरेका थिए। उद्योगमा काम गर्दै जनवादी गीत संगीतमार्फत् सचेतना फैलाउने र राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा जनमत जुटाउने काममा पुनले त्यसबेला नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। 

पुनले नै त्यसबेला परिवर्तनको आन्दोलनमा धेरैलाई संगठित र समाहित गराएको स्मरण गर्दै एमाले केन्द्रीय सदस्यसमेत रहेका उपमहानगरका प्रमुख सुवेदीले योगदानको कदरस्वरुप सालिकसहितको स्मृति पार्क निर्माण गरिएको बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell