PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अंकतालिकाको पुछारमा रहेको बर्नलीसँग म्यानचेस्टर युनाइटेडको बराबरी



पहिलोपोस्ट

अंकतालिकाको पुछारमा रहेको बर्नलीसँग म्यानचेस्टर युनाइटेडको बराबरी
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र बर्नली बराबरीमा रोकिएका छन्। टर्फ मोरमा सम्पन्न खेलमा घरेलु टोली बर्नली र युनाइटेड १-१ गोलको बराबरीमा रोकिएका हुन्।

खेलको १८ औं मिनेटमा पउल पोग्वाको गोलमा युनाइटेडले अग्रता बनाएको बनाएको थियो। पहिलो हाफमा युनाइटेड एक गोलले अघि रहे पनि दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो। बर्नलीका लागि ४७ औं मिनेटमा जे रोड्रिगेजले गोल गरेका थिए।

गएराति नै सम्पन्न अन्य खेलहरुमा वेस्टहमले वार्टफोर्डलाई १-० गोलअन्तरले हराउँदा न्यु क्यासलले एभर्टनमाथि ३-१ गोलअन्तरको जित निकालेको थियो।

गएरातिको खेलसँगै वेस्टहम ४० अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ भने युनाइटेड ३९ अंक जोडेर पाँचौं स्थानमा छ। त्यस्तै १८ अंक जोडेर न्युक्यासल रेलिगेशन क्षेत्रभन्दा माथि उठ्दा १९ अंक जोडेको एभर्टन १६ औं स्थानमा छ। १४ अंक जोडेको बर्नली तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell