PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपाल पुलिसलाई च्यासलको चुनौती



पहिलोपोस्ट

नेपाल पुलिसलाई च्यासलको चुनौती
गोलपछि सेलिब्रेसन गर्दै नेपाल पुलिसका खेलाडी। फाइल फोटो।

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज नवौं चरणको बाँकी रहेको खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लब भिड्दै छन्।

यी दुई टोलीबीच माघ दुई गते खेल हुने तालिका रहेको भएपनि च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पाइएपछि खेल स्थगित भएको थियो।

स्थगित भएको खेललाई २२ गते दशरथ रंगशालामा खेलाउने गरी अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)ले मिति  तोकेको थियो। यद्यपि मैदानको खराव अवस्थाको कारण देखाउँदै फेरि खेल स्थगित गरेको थियो। र, उक्त खेल आज दिउँसो १ बजेबाट शुरु हुने जनाएको एन्फाले छ।

लिगमा नवौ चरणपछि दशरथ रंगशालामा नेपाल र मरिससबीच दुईवटा मैत्रीपूर्ण खेल भएका थिए। आजको खेलपछि नवौं चरणका सबै खेल सकिनेछन्। र, शुक्रवारबाट दशौ चरणका खेलहरु सुरु हुनेछन्।

अंकतालिकामा ७ अंक जोडेको नेपाल पुलिस क्बल ११ औँ स्थानमा र ५ अंक जोडेको च्यासल १३ औँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell