PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

लेखक गनेस पौडेल पोखरा महानगरपालिकाको मेयरमा उठ्ने घोषणा



पहिलोपोस्ट

लेखक गनेस पौडेल पोखरा महानगरपालिकाको मेयरमा उठ्ने घोषणा

पोखरा : लेखक गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन्। बुधवार सामाजिक सञ्जाल फेसबुक पोष्ट मार्फत् उनले आगामी स्थानीय तह निर्वाचनमा पोखरा महानगरको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

‘जित वा हारभन्दा पर पनि यौटा लडाइँ हुन्छ। दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ म त्यो लडाइँमा जाँदैछु। यसपटक अटेर गर्दैछु,’ उनले लेखेका छन्, ‘आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। आउनुस् केही गरौँ। अति भो अटेर गरौँ!’

पौडेलको 'पैताला' र अनुवादित पुस्तक 'मुषा मानुष' प्रकाशित छ। 

सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तय गरेसँगै पोखरामा उम्मेदवारी घोषणा गर्ने पौडेल पहिलो हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell