PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भारतमा ओरालो लाग्यो संक्रमित हुनेको संख्या, ७१ हजार संक्रमित थपिँदा १ लाख ७२ हजार संक्रमण मुक्त



पहिलोपोस्ट

भारतमा ओरालो लाग्यो संक्रमित हुनेको संख्या, ७१ हजार संक्रमित थपिँदा १ लाख ७२ हजार संक्रमण मुक्त

भारतमा पछिल्लो २४ घन्टामा ७१ हजार ३ सय ६५ कोभिड १९ का नयाँ संक्रमित पहिचान भएको छ। संक्रमण दर क्रमश ओरालो लागिरहँदा मृत्यु भने चार अंकमै जारी रहेको छ। यस अधविमा भारतमा संक्रमणकै बिच १ हजार २ सय १७ जनाले ज्यान गुमाएका छन्।

भारतमा अहिले ८ लाख ९२ हजार ८ सय २८ संक्रिय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म कूल ५ लाख ५ हजार २ सय ७९ जनाको संक्रमणकै अवस्थामा मृत्यु भएको मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ।

भारतमा संक्रमण दर निक्कै कम हुँदै गएको छ। दैनिक पोजेटिभ रेट ४.५४ प्रतिशत रहेको छ। भारतमा पछिल्लो २४ घन्टामा १ लाख ७२ हजार २ सय ११ जना संक्रमण मुक्त भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell