PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

आठ कम्युनिस्ट संगठनको एमसीसीविरुद्ध राजधानीमा र्‍यालीका दृश्य

आठ कम्युनिस्ट संगठनको एमसीसीविरुद्ध राजधानीमा र्‍यालीका दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ६ वटा कम्युनिस्ट पार्टी र दुई कम्युनिस्ट मोर्चाले राजधानीमा एमसीसी विरुद्ध र्‍याली निकालेका छन्। माघ २३ गते नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा ६ दल र दुई मोर्चाको नेतृत्वकर्ताबिच भएको निर्णयअनुसार आज र्‍याली निकालिएको हो।

उनीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको दावी गर्दै आएका छन्। सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने पहल अगाडि बढाएसँगै यसको विरोधमा उत्रिनेक्रम बढेको छ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्।

माइतीघरबाट र्‍याली निकालिएको थियो। बानेश्वर पुगेर र्‍याली कोण सभामा परिणत भएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell