PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

कमल थापा र राजेन्द्र लिङ्देनलाई मिलाउन नसकेपछि उद्धव पौडेलले पनि छोडे राप्रपा



पहिलोपोस्ट

कमल थापा र राजेन्द्र लिङ्देनलाई मिलाउन नसकेपछि उद्धव पौडेलले पनि छोडे राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टी छोडेको चौबीस घण्टा पनि बित्न नपाउँदै निवर्तमान कोषाध्यक्ष उद्धव पौडेलले पनि पार्टी छोडेको घोषणा गरेका छन्। बुधवार बिहान उनले फेसबुकमा स्टाटस पोस्ट गर्दै पार्टी छोडेको घोषणा गरेका हुन्।

बुधवार मकवानपुरमा पत्रकार सम्मेलन गर्दै पूर्व अध्यक्ष थापाले पार्टी छोडेको घोषणा गरेका थिए। थापाले पार्टी छोड्नुको मुख्य कारण पूर्व राजा ज्ञानेन्द्र शाह भएको आरोप लगाएका थिए। तर, नेता पौडेलले भने पार्टी छोड्नुमा आफ्नै दोष देखाएका छन्। पार्टीले सुम्पिएको जिम्मेवारी पूरा गर्न नसक्दा आफूले पार्टी परित्याग गरेको नेता पौडेलले बताए।

‘राप्रपाका पूर्व अध्यक्ष कमल जी र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई मिलाउने मेरो जिम्मेवारी थियो। तर, उहाँहरूलाई मिलाउन सकिएन। आफू असफल भएपछि दिक्क लागेर पार्टी छोडेको हुँ,’ नेता पौडेलले पहिलोपोस्टसँगको कुराकानीमा भने।

गत मंसिरको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टीप्रति नै असन्तुष्ट हुँदै आएका थिए। कमल थापाको कारण नै राप्रपा प्रवेश गरेको बताउँदै पौडेलले उनी नै पार्टीमा नरहेपछि आफूलाई पनि बस्न मन नलागेको बताए। अबको राजनीतिक यात्रा भने कस्तो हुन्छ भन्ने विषयमा उनले खासै बोल्न चाहेनन्।

‘आज कमल थापासँग भेटेर बाँकी निर्णय गर्ने छु। अहिले नै नयाँ पार्टीको बारेमा केही सोचेको छैन,’ नेता पौडेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell