PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

घ्यू र तेल पोहरभन्दा २१ प्रतिशत महँगो!



पहिलोपोस्ट

घ्यू र तेल पोहरभन्दा २१ प्रतिशत महँगो!

काठमाडौं : गएको वर्ष भन्दा यस वर्षको पुस महिनामा घ्यू तथा तेलको मूल्य २१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७७ पुसमा भन्दा २०७८ पुसमा दाल तथा गेडागुडी पनि ९.२२ प्रतिशतले बढेको छ।

यातायात क्षेत्रको मूल्य १४.०७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। 

खाद्यान्नमा मूल्यवृद्धि भएको देखिएको भए पनि समग्र उपभोक्ता मुद्रास्फीति भने ५.६५ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यो ३.५६ प्रतिशत थियो। समग्र खाद्य तथा पेय पादर्थमा ४.९२ र गैर खाद्य समूहमा ६.२३ प्रतिशत मूल्यवृद्धि भएको छ।

यस बिचमा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत मूल्यवृद्धि हुँदा तराईमा ६.१५ र पहाडमा र हिमालमा ५ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell