PahiloPost

Jun 24, 2026 | १० असार २०८३

६ दिनदेखि सम्पर्कविहीन भएका २७ वर्षीय युवक मृत भेटिए



पहिलोपोस्ट

६ दिनदेखि सम्पर्कविहीन भएका २७ वर्षीय युवक मृत भेटिए

काठमाडौं : माघ २० गतेदेखि सम्पर्क विहीन भएका युवक मृत अवस्थामा फेला परेका छन्।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २७ वर्षीय शिशिर भण्डारी आज दिउँसो मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए।

‘मृत अवस्थामा फेला परेको छ। थप अनुसन्धान भइरहेको छ,’ एसपी मैनालीले भने।

गोकर्णेश्वर नगरपालिकाको ओख्रेनी जाने बाटोको वाग्मती किनारमा शव भेटिएको हो। महानगरीय प्रहरी वृत्त बौद्धको टोली चिकित्सकसहित घटनास्थल पुगेर अनुसन्धान शुरु गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell