PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक, मुख्य एजेण्डा स्थानीय चुनाव र भातृ संगठनको पूर्णता



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक, मुख्य एजेण्डा स्थानीय चुनाव र भातृ संगठनको पूर्णता

काठमाडौँः नेपाली कांग्रेसले बिहीबार हुने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा स्थानीय तहको निर्वाचन र बाँकी जिल्ला अधिवेशनलाई छलफलको एजेण्डा बनाउने भएको छ। 

प्रवक्ता प्रकाशशरण महतका अनुसार भातृ तथा शुभेच्छुक संस्थाको पूर्णता र गतिशीलताको विषयलाई पनि एजेण्डा बनाउने विषयमा पदाधिकारीबीच छलफल भएको छ। 

‘भोलिको कार्यसम्पादन समितिको बैठकको सम्बन्धमा छलफल भयो। हामीले बिफ्र गरेका छौँ। कार्यसम्पादन समितिमा स्थानीय निर्वाचनमा कसरी परिचालन हुने, १६ जिल्लाको स्थगित अधिवेशनलाई कसरी अघि बढाउने, शुभेच्छुक संस्थालाई कसरी पूर्णता दिने विषयमा पदाधिकारी साथीहरुले सभापतिलाई ब्रिफ ग¥यौँ। भोलिको कार्यसम्पादनमा छलफल गरेर निर्णयमा पुग्ने कुरा भएको छ’, छलफलबारे प्रवक्ता महतले भने। 

कार्यसम्पादन समिति बैठक बिहीबार पार्टी कार्यालयमा बस्दैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell