PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अल हिलाललाई हराउँदै चेल्सी क्लब विश्वकपको फाइनलमा



पहिलोपोस्ट

अल हिलाललाई हराउँदै चेल्सी क्लब विश्वकपको फाइनलमा

साउदी अरबको क्लब अल हिलाललाई हराउँदै चेल्सी क्लब विश्वकपको फाइनलमा पुगेको छ। यूएई स्थित मोहम्मद बिन जायेद स्टेडियममा गएराति सम्पन्न खेलमा प्रिमियर लिग क्लब चेल्सीले अल हिलाललाई १-० गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो।

प्रशिक्षक थोमस टुचाललाई कोभिड १९ संक्रमण देखिएपछी आइसोलेसनमा छन्। चेल्सीको जितमा रोमेलु लुकाकुले पहिलो हाफमा निर्णायक गोल गरे। उनले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै चेल्सी फाइनल प्रवेश गरेको छ। फाइनलमा चेल्सीले ब्राजिलियन क्लब पालमेइरससँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल फेब्रुअरी १२ मा अबुधावीमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell