PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

परीक्षा बोर्ड र आन्दोलनरत कर्मचारीबीच वार्ता शुरु



रासस

परीक्षा बोर्ड र आन्दोलनरत कर्मचारीबीच वार्ता शुरु

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी संघसँग व्यवस्थापनले वार्ता शुरु गरेको छ।

गत साउन २५ गते सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता शुरु भएको संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए।

संघले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो। त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलित भएका हुन्। संघका कर्मचारीले बुधवारदेखि बोर्डको कार्यालयभित्रै धर्ना शुरू गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell