PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भारतमा कोरोनाका कारण थप १२४१ जनाको मृत्यु, ६७ हजार बढी संक्रमित थपिए



पहिलोपोस्ट

भारतमा कोरोनाका कारण थप १२४१ जनाको मृत्यु, ६७ हजार बढी संक्रमित थपिए
Photo : EPA

पछिल्लो २४ घण्टामा थप ६७ हजार ८४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। पछिल्लो समय भारतमा संक्रमण दर घट्दै गएको छ। यद्यपि, मृत्यु दर भने भारतमा बढिरहेको छ। संक्रमणका कारण थप १ हजार २४१ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ६ हजार ५२० पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ६७ हजार ८८२ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा कुल सक्रिय संक्रमितको संख्या ७ लाख ९० हजार ७८९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell