PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

विमानस्थलबाट भारतीय नागरिकसँग बरामद भएको 'अनौठो सुन' : प्रयोगशालामा जाँच्दा १९ प्रतिशतमात्र गोल्ड बाँकी मर्करी!



पहिलोपोस्ट

विमानस्थलबाट भारतीय नागरिकसँग बरामद भएको 'अनौठो सुन' : प्रयोगशालामा जाँच्दा १९ प्रतिशतमात्र गोल्ड बाँकी मर्करी!

काठमाडौं : सोमवार दुवईबाट  आएका एक भारतीयबाट बरामद गरिएको 'अनौठो सुन' मा १९ प्रतिशतमात्र सुनको हिस्सा रहेको भेटिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ल्यावमा परीक्षण गर्दा १९ प्रतिशत मात्र सुन देखिएको हो।

सोमवार बिहान साढे ९ बजे फ्लाइ दुवईबाट ती भारतीय नेपाल उत्रिएका थिए। उनका साथमा ६ सय ५० ग्रामको सिक्री भेटिएपछि भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। सुरुमा सुन भनेर काट्दा भित्रपट्टि सेतो देखिएपछि यसलाई अनौठो सुनको संज्ञा दिएको थियो। र आँंकलन गरिएको थियो - ह्वाइट गोल्ड। तर, ती भारतीयले भने सक्कली सुन नै भएको दाबी गर्दै आएका थिए। परीक्षणमा १९ प्रतिशत सुन र बाँकी भने मर्करी भएको देखिएको छ।

'मेरो अनुभवमा यो नयाँ प्रकृतिको घटना हो। सबै सामान जफत गरेर अनुसन्धान गरिरहेका छौं,' त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भने।

ती भारतीयले लगाएको सिक्रीको तौल ६ सय ५० ग्राम भए पछि उनी भन्सारका कर्मचारीको 'राडर'मा परेका थिए। विदेशबाट आउँदा काँचो सुन १ सय ग्रामभन्दा बढी ल्याउन पाइँदैन। गहना पनि २ सय ५० ग्राम अधिकतम कोटा निर्धारित छ। ती भारतीयले ल्याएको सुन नेपालमा प्रचलित तौल अर्थात् तोलामा गणना गर्दा ५५ भन्दा माथि पर्न आउँछ।

मर्करी पनि त्यसरी ल्याउन नपाउने र गहना भएकाले त्यसलाई जफत गरिने भन्सार प्रमुख भट्टराइले बताए।

सुरुमा बरामद भएको सामान ह्वाइट गोल्ड भएको आशंका गरिएको थियो। तर, नेपालमा ह्वाइट गोल्डको माग छैन। सुनचाँदी व्यवसायीहरुका अनुसार अहिले नेपालमा ह्वाइट गोल्डको आयत हुँदैन।

विमानस्थलमा बरामद भएको 'अनौठो सुन'ले उब्जाएको प्रश्न : के ह्वाइट गोल्ड पनि भित्रिन थालेको हो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell