PahiloPost

Jun 24, 2026 | १० असार २०८३

युक्रेनलाई लिएर तनाव बढ्दै गर्दा रसिया र बेलारुस संयुक्त सैन्य अभ्यासको तयारीमा



पहिलोपोस्ट

युक्रेनलाई लिएर तनाव बढ्दै गर्दा रसिया र बेलारुस संयुक्त सैन्य अभ्यासको तयारीमा
FILE PHOTO : GETTY IMAGES

रसिया र बेलारुसले संयुक्त सैन्य अभ्यास गर्ने भएको छ। युक्रेनलाई लिएर तनाव उत्पन्न भइरहेको समयमा रसिया र बेलारुसबिचत १० दिनको सैन्य अभ्यास हुन लागेको हो।

अमेरिकाले रसियाको उक्त कदमले युक्रेनलाई लिएर हाल बढिरहेको तनाव थप बढ्ने चेतावनी दिएको छ। नाटोले भने पूर्व सोभियन युनियनमा रहेको बेलारुसमा रसियाले ‘कोल्ड वार’ पछिकै धेरै सेना परिचालन गरेको जनाएको छ।

रसियाले युक्रेनसँगको सीमामा १ लाखभन्दा बढी सेना तैनाथ गरेको छ। यद्यपि, रसियाली राष्ट्रपनि भ्लादमीर पुटिनले युक्रनेमाथि कब्जा गर्ने आफूहरुको कुनै योजना गरेको बताउँदै आएका छन्। तर, अमेरिका लगायत पश्चिमा देशहरुले भने रसियाले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिँदै आएको छ।

बेलारुस ‘तानाशाह’ भएको अन्तिम युरोपेली राष्ट्र हो। बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेनलाई रसियाली राष्ट्रपति भ्यालदमीर पुटिनको साथ रहेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell