PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

बिरालो कुटेपछि वेस्टहमका डिफेन्डर जोउमालाई कारवाही, एडिडासले रद्ध गर्‍यो 'स्पोन्सर'



पहिलोपोस्ट

बिरालो कुटेपछि वेस्टहमका डिफेन्डर जोउमालाई कारवाही, एडिडासले रद्ध गर्‍यो 'स्पोन्सर'
तस्बिर : सीएनएन

प्रिमियर लिग क्लब वेस्ट हमले आफ्नो फ्रेन्स डिफेन्डर कुर्त जोउमालाई कारवाही गरेको छ। उनले बिरालो कुटेको एउटा भिडियो भाइरल भएको थियो। त्यसैलाई लिएर बेलायतमा रहेको एउटा जनावर कल्याण सम्बन्धी च्यारिटीले अनुसन्धान गरेको थियो। त्यसपछि वेस्ट हमले उनलाई कारवाही गर्ने भएको हो।

बुधवार वेस्ट हमले एक विज्ञप्ति निकाल्दै जोउमा र क्लब दुवैले रोयल सोसाइटी फर द एनिमल क्रुअल्टी टु एनिमल (आरएसपीएसए) को अनुसन्धानमा सहकार्य गरिरहेको जनाएको छ।

'खेलाडीले स्वेच्छा पूर्वक प्रक्रियाको प्रारम्भीक चरणमा लिइएका कदमहरूको पालना गरेको छ जसमा उसको परिवारका दुई बिरालालाई मूल्याङ्कनका लागि आरएसपीएसएलाई पठाउने समावेश छ,' क्लबको विज्ञप्तिमा भनिएको छ।

भिडियोमा जुमाले आफ्नो पाल्तु बिरालोमा जुत्ता हानेको जस्तो देखिएको, अनुहारमा थप्पड हानेको, कोठाको वरिपरि बिरालो खेदाइ रहेको, निजी निवास जस्तो देखिने भुइँमा बिरालोलाई लात हानेर पर पुर्‍याइएको देखिन्छ। र, यसमा आरएसपीएसएले अनुसन्धान गरेको थियो।

सबैभन्दा पहिला बेलायतको पत्रिका द सनबाट भिडियो सार्वजनिक भएको थियो। उक्त फुटेजको पृष्टभूमिमा मानिसहरु हासिँरहेको सुन्न सकिन्छ।

'जोउमालाई प्रसारित गरिएको भिडियोमा उनको कार्यहरू पछि सम्भव भएसम्म अधिकतम रकम जरिवाना गरिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'खेलाडीले पनि तुरुन्तै फाइन स्वीकार गरेका छन् र जनवारको कल्याण सम्बन्धी च्यारिटीलाई दान दिन तयार छन्।'

यस प्रकरणलाई गम्भीर रुपले लिएको भन्दै कुर्तको क्रियाकलाबलाई क्लबले भर्त्सना गरेको छ।

'दुईवटा बिरालाहरु अहिले आरएसपीएसएको संरक्षणमा छन्। हाम्रो प्राथमिकता ती जनवारको राम्रो होस् भन्ने हो,' वेस्टहमका प्रवक्ताले सीएनएनसँग भने, 'हामी यी बिरालोहरूको लागि आफ्नो चिन्ता व्यक्त गर्ने सबैलाई आभारी छौं। भिडियो अनलाइनमा भाइरल हुनुअघि हामीले यस मुद्दालाई सम्बोधन गरिरहेका थियौं र अनुसन्धानको नेतृत्व गरिरहेका छौं।'

कुर्तको स्पोन्सर कम्पनी एडिडासले पनि प्रायोजन फिर्ता लिने निर्णय गरेको छ।

'हामीले हाम्रो अनुसन्धानको निष्कर्ष निकालेका छौं र कुर्त जोउमा अब एक एडिडास अनुबन्धित खेलाडी छैनन् भनेर पुष्टि गर्न सक्छौं।' एडिडासका प्रवक्ताले सीएनएनसँग भने।

त्यस्तै, वेस्टहम युनाइटेडको प्रायोजक मध्येको युके बेस्ट इन्सुरेन्स कम्पनी भाइटालिटीले क्लबसँगको सम्बन्ध तोड्ने जनाएको छ। ट्वीट मार्फत् भिडियो देखेर धेरै दु:खी भएको भन्दै तुरुन्तै कार्यन्वयन हुनेगरी वेस्टहमसँगको स्पोन्सरसीप नरहने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell