PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

उत्तर प्रदेशमा विधान सभा निर्वाचन सुरु, फेरि योगी सरकार कि अरुले मार्ला बाजी ?



पहिलोपोस्ट

उत्तर प्रदेशमा विधान सभा निर्वाचन सुरु, फेरि योगी सरकार कि अरुले मार्ला बाजी ?
Photo : India Today

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यमा आजबाट विधानसभा निर्वाचन सुरु भएको छ। आज अलिगढ, नोएडा, गाजियावाद, मथुरा, मुजफ्फरनगर, सहमली, बाघपथ, बुलंडशहर, आग्रा, हपुर र गौतम बुद्ध नगर जिल्लामा मतदान भइरहेको हो।

पहिलो चरणको निर्वाचनमा ११ जिल्लामा ५८ सिटका लागि ६२३ जना प्रतिपस्पर्धामा छन्। जसमा ७३ जना महिला छन्। उत्तर प्रदेशमा ७ चरणमा निर्वाचन हुँदैछ। उत्तर प्रदेश विधान सभामा ४०३ जना रहन्छ। अन्तिम चरणको मतदान ७ मार्चमा हुनेछ। मत गणना भने १० मार्चबाट हुनेछ।

उत्तर प्रदेशको निर्वाचनमा भारतीय जनता पार्टीले वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथलाई नै फेरि मुख्यमन्त्री पदका लागि अघि सारेको छ। समाजवादी पार्टीबाट अखिलेश यादव गठबन्धन बनाएर प्रतिस्पर्धामा छन्। भारतीय कांग्रसबाट मुख्यमन्त्रीको नाम सार्वजनिक गरिएको छैन। प्रियंका गान्धीलाई उत्तर प्रदेशको मुख्यमन्त्रीको रुपमा ‘प्रोजेक्ट’ गर्ने गरिएको छ। तर, उनले उत्तर प्रदेशमा जहाँ पनि आफू नै देखिएको भन्दै मुख्यमन्त्री बारे निर्णय भइनसकेको बताएकी छिन्।

यस्तै, आम आदमी पार्टीबाट संजाय सिंहलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरी आपले उत्तर प्रदेशमा चुनावी अभियान अघि बढाएको छ। बहुजन समाजवादी पार्टीबाट उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावती फेरि शक्तिमा फर्किने दाउमा छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell